काठमाडौं : भक्तपुर-२ बाट नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले आफ्नो घरदैलोलाई मध्यपुर थिमिमा केन्द्रित गरेका छन्।
गएको स्थानीय तह निर्वाचनमा मध्यपुर थिमि नगरपालिकामा नेकपा एमाले पराजित भएको थियो। त्यसैले आसन्न प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा यो मध्यपुर थिमिमा महेशलाई मत पाउन गाह्रो हुने अनुमान गरिएको छ। त्यसैले पनि मध्यपुर थिमिमा महेशले आफ्नो सबै जोड लगाउँदै छन्।
बस्नेत आज बिहानैदेखि मध्यपुर थिमिको कोर क्षेत्रमा पुगेर घरदैलो गरिरहेका छन्। घर घर पुगेर उनी मत मागिरहेका छन्। दही सगुन लगाएर उनले आज घरदैलोमा सहभागी भएका थिए।
सो क्षेत्रको प्रदेशसभा (क) तर्फ किरण थापा र (ख) तर्फ चन्दनकृष्ण श्रेष्ठ उम्मेदवार छन्। मध्यपुर थिमि भक्तपुर २ (ख)मा पर्छ।
यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली नेपाली कांग्रेसका दुर्लभ थापा उम्मेदवार छन्। बिहान दुर्लभ लोकन्थली पुग्दा महेश भने थिमि केन्द्रित देखिन्थे।