PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

महेश बस्नेतलाई हराएका दुर्लभ थापा समर्थकहरुबाट यसरी घेरिए

महेश बस्नेतलाई हराएका दुर्लभ थापा समर्थकहरुबाट यसरी घेरिए

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : प्रतिनिधिसभा भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी भए। २४ हजार २३९ मत ल्याउँदै थापा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमालेका)का महेश बस्नेतले २३ हजार २८२ मत ल्याए। बस्नेतले यसअघि सोही क्षेत्रबाट पटक-पटक निर्वाचन जित्दै आएका थिए।

विजयी भएपछि थापालाई बिहीवार बिहानै नेता कार्यकर्ता तथा समर्थकहरुले बधाइ तथा शुभकामना दिएका छन्।

यता, प्रदेशसभा क्षेत्र नम्बर १ (क)मा एमालेका किरण थापामगर र १ (ख)मा नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र मान श्रेष्‍ठ विजयी भएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell