PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

तोरी फुल्यो, खोकना झुल्यो : माहुरी अल्झियो…

तोरी फुल्यो, खोकना झुल्यो : माहुरी अल्झियो…

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंबाट करिब आठ किलोमिटर दक्षिणतर्फ रहेको खोकना तोरीको लागि प्रख्यात छ। खोकना यतिबेला तोरीको फुलले पहेँलिएको छ।

तोरीको तेलका लागि प्रख्यात यो ठाउँको दृश्य यति बेला सुनौलो छ। लाग्छ धर्तीमा सुन फलेको छ। सुन जस्तै पहेँलै तोरी फूलेका छन्।

 प्राचीन नेवार बस्तीको रुपमा रहेको खोकनामा पुग्दा गायक प्रेमध्वज प्रधानले सन् १९७० मा गाएको गीत गुनगुनाउन मन लाग्छ।

‘तोरी फुल्यो लेक नै झुल्यो, सुनौला पातमा माहुरी अल्झेर होऽऽऽऽ’

यस्तो देखियो तोरी फुलेर पहेँलपुर भएको खोकना र बुङमती :



ट्रेन्डिङ पोस्ट

Ncell