PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

श्याम चित्रकारलाई यस वर्षको फोटो काठमाडौं उत्कृष्टता पुरस्कार

श्याम चित्रकारलाई यस वर्षको फोटो काठमाडौं उत्कृष्टता पुरस्कार

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : फोटो काठमाडौंको आयोजनामा पाचौँ संस्करणको फोटोग्राफी फेस्टिभल जारी छ। शुक्रवारदेखि सुरु भएको फेस्टिभल चैत १७ गतेसम्म हुनेछ।

फेस्टिभल अवलोकन सबैका लागि नि:शुल्क रहेको बताइएको छ। ललितपुरस्थित पाटन संग्रहालयको भण्डारखाल बगैँचामा शुक्रवार भएको फेस्टिभल उद्घाटन समारोहमा फोटोग्राफ्रीमा महत्त्वपूर्ण योगदान दिएका वरिष्ठ फोटोग्राफर श्याम चित्रकारलाई यस वर्षको फोटो काठमाडौं उत्कृष्टता पुरस्कारसहित सम्मान गरिएको छ।

फेस्टिभलमा १६ देशका ६० भन्दा धेरै सहभागीले आफ्ना कृति प्रदर्शन गर्नेछन्। प्रवचन र कार्यशाला प्रशिक्षणको समेत आयोजना गरिनेछ भने परामर्श एवं रेजिडेन्सी कार्यक्रम पनि हुनेछ।

ललितपुरका ६ विभिन्न स्थानका प्रदर्शनीस्थलमा फागुन १३ गतेदेखि चैत १७ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकनका लागि खुल्ला रहनेछ। उद्घाटन सप्ताहभरिका सार्वजनिक कार्यक्रमहरू पाटन ढोकास्थित यलमाया केन्द्रमा फागुन १३ देखि फागुन १९ सम्म हुनेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell