PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ : भृकुटीमण्डपमा १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ : भृकुटीमण्डपमा १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : राजधानीमा १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौँ प्राङ्गारिक कृषि मेला जारी छ। काठमाडौंको भृकुटीमण्डपमा फागुन २ गतेदेखि सुरु भएको मेला ६ गते (शनिवार)सम्म चल्नेछ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ, केन्द्रीय महिला उद्यमी समिति र अर्गानिक एसोसिएसन नेपालले मेलाको आयोजना गरेका हुन्। मेला बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुने गरेको छ।

‘मेहेनत श्रृजना उत्पादन र वस्तु मेरै नेपालको। नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ ।।’ भन्ने नाराका साथ मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ।

मेलामा लघु घरेलु तथा साना उद्यमीहरुद्वारा उत्पादित एवं छरिएर रहेका मौलिक वस्तुहरु, कृषि उपजहरु, उपयुक्त एवं नविन प्रविधिहरु, सार्क मुलुक र चीनमा उत्पादित औद्योगिक वस्तुहरु, विकास साझेदारहरुका कार्यहरु, बैंक तथा वित्तीय संस्थालगायत व्यावसायिक विकास सेवा प्रदायकहरुको प्रदर्शनी गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell