PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

ब्याजदर घटाउन माग गर्दै सडकमा उत्रिए उद्योगी व्यवसायी

ब्याजदर घटाउन माग गर्दै सडकमा उत्रिए उद्योगी व्यवसायी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बैंकको ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन्। उद्योगी व्यवसायीहरुले सोमवार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

उद्योगी व्यवसायीप्रति सरकारको विभेदपूर्ण व्यवहार तथा वित्तीय संस्थाको आतंकविरुद्ध आफूहरु प्रदर्शनमा उत्रिएको व्यवसायीहरुले बताए। उच्च ब्याजदरका कारण बैंकहरु सधैँ नाफामा हुँदा व्यवसायीहरु भने घाटामा हुने गरेको उनीहरुको गुनासो थियो।

प्रदर्शनका क्रममा उद्योगी व्यवसायीहरुले असफल व्यवसायका कारण आत्मदह गरेका प्रेमप्रसाद आचार्यको मागहरु सम्बोधन गर्न समेत माग गरेका थिए।

उनीहरुले ‘ब्याजदर घटाउ, गरी खान देउ’, ‘उद्योग ब्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउँ’, ‘बैंकको ब्याजदर एक अंकमा ल्याउ’, ‘बैंकिङ आतंक बन्द गर’ जस्ता नारा लेखिएका पम्पलेट प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell