PahiloPost

Dec 21, 2025 | ६ पुष २०८२

‘अभियुक्त रमाउँदै, पीडित डराउँदै’ : सन्दीपलाई क्लोज क्याम्पमा राख्ने क्यानको निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन

‘अभियुक्त रमाउँदै, पीडित डराउँदै’ : सन्दीपलाई क्लोज क्याम्पमा राख्ने क्यानको निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा र नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा राखेको विषयलाई लिएर आज काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। ‘बलात्कारी रमाउँदै पीडित डराउँदै’, ‘उता फिक्सिङ गराउने, यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद’लगायतका प्ले कार्ड बोकेर मानिसहरु प्रदर्शनमा उत्रिएका थिए।

उच्च अदालत पाटनको आदेशबाट लामिछाने पुस २९ गते धरौटीमा रिहा भएका हुन्। प्रशिक्षणमा बोलाइनुअघि क्यानले लामिछानेको निलम्बन फुकुवा गरेको थियो। त्यस्तै, खेलमा फर्काउन बन्द प्रशिक्षणमा राखेपछि क्यानको विरोध भइरहेको छ।

बलात्कारको अभियोगमा असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। १७ वर्षीय किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप लामिछानेमाथि लागेको छ। जिल्ला अदालत काठमाडौंमा मुद्दा अन्तिम सुनुवाइको चरणमा छ।



ट्रेन्डिङ पोस्ट

Ncell