PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

वसन्त ऋतुलाई स्वागत गर्न तम्तयार काठमाडौं : ढकमक्क फुलेका फुलसँग रमाउँदै मानिसहरु

वसन्त ऋतुलाई स्वागत गर्न तम्तयार काठमाडौं : ढकमक्क फुलेका फुलसँग रमाउँदै मानिसहरु

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : अबको केही दिनमा वसन्त ऋतु सुरु हुँदैछ। वसन्त ऋतुलाई स्वागत गर्न तम्तयार भएजसरी काठमाडौंका विभिन्न स्थानमा मनमोहन फुल फुल्न थालिसकेका छन्।

वसन्त ऋतु छ ऋतुमध्ये एक र पहिलो ऋतु हो भने यसलाई ऋतुराजको रुपमा लिने गरिन्छ। किनकी यो ऋतुमा वातावरण हरियाली हुनुका साथै मनमोहक फुलहरु पनि फुल्ने गर्छन्।

फुल फुलेपछि काठमाडौंका सडक तथा पार्कहरु पनि अझ सुन्दर देखिन थालेका छन्। फुलहरुबिच फोटो खिच्न मानिसहरु झुम्मिनेगरेको दृश्य जताततै देखिन्छ।

काठमाडौंको भृकुटी मण्डपमा फुलेको चेरी फुल निकै आकर्षक देखिएको छ। वसन्त ऋतुको आभाष दिने गरी फुलेका फुलहरुबिच मानिसहरु रमाइरहेको पनि देख्न सकिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell