PahiloPost

May 9, 2025 | २६ बैशाख २०८२

भक्तपुरमा यातायात मजदुरद्वारा राजमार्ग अवरुद्ध, निजी सवारी संचालनमा पनि अवरोध

भक्तपुरमा यातायात मजदुरद्वारा राजमार्ग अवरुद्ध, निजी सवारी संचालनमा पनि अवरोध

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : यातायात मजदुर संगठनले ट्राफिक नियमको विरोध गर्दै अरनिको राजमार्ग अवरुद्ध गरेका छन्।

यातायात विभिन्न संघसंस्थाले आज उपत्यकाका सवारीसाधन संचालन नगर्ने घोषणा गरेका छन्। त्यसैक्रममा भक्तपुरको जगातीमा भेला भएका यातायात मजदुरहरुले राजमार्ग अवरुद्ध गरेर नाराबाजी गरेका हुन्।

मजदुरहरुको प्रदर्शनका कारण राजमार्गमा निजी सवारीसाधन संचालनसमेत अवरुद्ध भएको छ। मजदुरहरुले ‘अनावश्यक चिट काट्न बन्द गर’ लगायतका नारा लेखेर प्रदर्शन गरिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell