PahiloPost

Apr 3, 2025 | २० चैत्र २०८१

‘डोजर आतंक बन्द गर!’ : माइतीघरमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन

‘डोजर आतंक बन्द गर!’ : माइतीघरमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाले सडक विस्तारको नाममा गैरकानुनी रुपमा ज्यादती गरेको भन्दै आइतवार विरोध प्रदर्शन गरिएको छ। उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति काठमाडौंले माइतीघरमा विरोध प्रदर्शन गरेको हो।

सडक विस्तारको नाममा महानगरले आफूहरुको उठिबास गर्न लागेको उनीहरुको आरोप थियो। संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ।

विरोध प्रदर्शनमा काठमाडौंका मेयरका उम्मेदवार सुमन सायमि समेत उपस्थित थिए। सायमि मेयरमा बालेन साह विजयी हुँदा विजय जुलुसमा समेत सँगै हिडेका थिए।

प्रदर्शनमा उपस्थितहरुले ‘भूमि र बासस्थानबाट विस्थापन बन्द गर’, ‘डोजर आतंक बन्द गर’, ‘आदिवासीको भूमिको अधिकार सुनिश्चित गर’ लगायत लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell