PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

स्वास्थ्य मन्त्रालयको गेटमा राखिएको सेतो फोक्सो एकाएक भयो कालो, काठमाडौंको वायु संसारकै प्रदूषित

स्वास्थ्य मन्त्रालयको गेटमा राखिएको सेतो फोक्सो एकाएक भयो कालो, काठमाडौंको वायु संसारकै प्रदूषित

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं उपत्यकामा आइतवार बिहान धुम्म थियो। तुवाँलोले कतै चिसो अनुभव थियो भने कतै गर्मी। 

कतिपयले सास फेर्नसमेत मुश्किल भएको बताउँदै थिए, भने कतिपयले आँखा पिरो भएको। त्यसैले धुलोधुवाँबाट बच्न मास्क धेरैले मास्क लगाउन थालेका छन्। 

‘आइक्यू एयर’का अनुसार काठमाडौंको वायु आज संसारकै प्रदूषित सहर देखिएको छ। काठमाडौंको वायुको गुणस्तर निकै खराब रहेको देखिएको छ।


पहिलो दिनको फोक्सो।


‘आइक्यू एयर’ले काठमाडौंको वायुलाई निकै अस्वस्थकरको श्रेणीमा राखेको छ। काठमाडौंपछि थाइल्यान्डको चियाङ माई र भारतको कोलकाताको वायु सबैभन्दा खराब देखिएको छ।


आइतवार कालो भएको फोक्सो।


प्रदुषणका कारण स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रित फोक्सोको रङ्ग नै फेरिएको छ। सुरुमा राख्दा सेतो रहेको फोक्सो अहिले कालो भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell