PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

इद मुबारक : विशेष नमाज पाठपछि ठूलाबडाबाट आशीर्वाद लिएर मनाइयो इदउल फित्र

इद मुबारक : विशेष नमाज पाठपछि ठूलाबडाबाट आशीर्वाद लिएर मनाइयो इदउल फित्र

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : शनिवार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाएका छन्। विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ।

यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इदउल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदउल फित्र मनाउने कार्यक्रम तय हुन्छ।

मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) पूरा भएपछि यो पर्व मनाइन्छ। एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिन्छ।

यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन्। यस अवसरमा शनिवार बिहानै घण्टाघर नजिकै रहेको काश्मिरी मस्जिदमा नमाज पढ्न मानिसहरू भेला भएका थिए।

सामूहिक रूपमा नमाज पढिसकेपछि उनीहरूले एक अर्कालाई ‘इद मुबारक’ भन्दै शुभकामना आदानप्रदान गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell