PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

युवा संघले जलायो प्रधानमन्त्रीको पुतला, अयोग्य लडाकुलाई पैसा बाँड्न लागेको भन्दै विरोध

युवा संघले जलायो प्रधानमन्त्रीको पुतला, अयोग्य लडाकुलाई पैसा बाँड्न लागेको भन्दै विरोध

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेको भ्रातृ संगठन युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ। शनिवार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन नजिकै युवा संघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।

पूर्व अयोग्य लडाकुलाई पैसा बाँड्न लागेको विरोधमा युवा संघ विरोधमा उत्रिएको हो। युवा संघका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए।

युवा संघले शुक्रवार पनि काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell