PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पुल्चोकबाट न:बहाल पुग्यो रातो मछिन्द्रनाथको रथ, तस्विरमा रथयात्राको उल्लास

पुल्चोकबाट न:बहाल पुग्यो रातो मछिन्द्रनाथको रथ, तस्विरमा रथयात्राको उल्लास

रोजन श्रेष्ठ/पहिलोपोस्ट


ललितपुर : लोकेश्वर बुंग्द्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा सुरु भएको छ। आज अपराह्न पुल्चोकबाट मछिन्द्रनाथको रथ तान्न थालिएको हो। चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर न:बहालसम्म पुर्‍याइएको छ।

आज गा:बहालसम्म रथ पुर्‍याइनुपर्ने भए पनि रथ हल्का ढल्केकोले न:बहालसम्ममात्रै रथ पुर्‍याइएको हो। भोलि भने रथलाई मिलाएर गा:बाहाल पुर्‍याइनेछ। भोलि गा:बहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मंगलबजार पुर्‍याइनेछ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell