PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माइतीघरमा शिक्षक तथा विद्यालय कर्मचारीको प्रदर्शन : पेशागत सुरक्षा र वृत्ति विकासको माग

माइतीघरमा शिक्षक तथा विद्यालय कर्मचारीको प्रदर्शन : पेशागत सुरक्षा र वृत्ति विकासको माग

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : विभिन्न माग राखेर शिक्षक तथा विद्यालय कर्मचारी विरोध प्रदर्शनमा उत्रिएका छन्। पेशागत सुरक्षा र वृत्ति विकासलगायतका मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

नेपाल शिक्षक महासंघको आह्वानमा विरोध प्रदर्शन गरिएको हो। आर्थिक वर्ष २०८०/८१ को बजेटबाट विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब बृद्धि गर्नुपर्ने, शिक्षकको तलबमान जारी गर्दा विभेद भएको ग्रेड तथा तलब मिलान गर्ने लगायतका माग उनीहरुको थियो।

प्रदर्शनमा सहभागीहरुले ‘विगतमा भएका ३० बुँदे र ५१ बुँदे सहमती लागू गरियोस्’, ‘६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानजनक बिदाइ गर्’, ‘बालकक्षा शिक्षकलाई प्राथमिक तृतीयसरह तलवभत्ता दिइयोस्’ लगायत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell