PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

बेथितिको पराकाष्ठा : केही दिन यसैगरी चलिरह्यो भने सिंहदरबार ढाकिनेछ फोहोरले (फोटो फिचर)

बेथितिको पराकाष्ठा : केही दिन यसैगरी चलिरह्यो भने सिंहदरबार ढाकिनेछ फोहोरले (फोटो फिचर)

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले १० दिन अघि फेसबुकमा लेखे : आजबाट सिंहदरबारको फोहोर उठ्दैन।

साँच्चै त्यही दिनदेखि सिंहदरबारको फोहोर महानगरले उठाएको छैन। सिंहदरबारमात्रै होइन महानगरले राष्ट्रपति भवन तथा संघीय सरकारका पदाधिकारीहरूको निवासबाट पनि फोहोर उठाएको छैन।

दैनिक ठूलो मात्रामा फोहोर निस्किने सिंहदरबारबाट १० दिनदेखि फोहोर नउठेपछि भित्रै थुप्रिएको छ। सिंहदरबारभित्रै फोहोर कुहिने र कुहिने गरी छुट्याउन थालिएको छ।

 

मेयर बालेनले पटक-पटकको पहलपछि पनि सरकारले विभिन्न समस्या र विषयहरुमा समन्वय नगरेको आरोप लगाउँदै आएका छन्। महानगर र सरकारबिच छलफल नभए छिट्टै सिंहदरबार फोहोरले ढाकिने निश्चित छ।



ट्रेन्डिङ पोस्ट

Ncell