PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गोकर्णमा बज्यो ढोल र झ्याम्टा : उँभौलीमा यसरी रमाए किराँती

गोकर्णमा बज्यो ढोल र झ्याम्टा : उँभौलीमा यसरी रमाए किराँती

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ। उँभौलीको अवसरमा काठमाडौंको गोकर्णमा पनि साकेला गुञ्जिएको छ। छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकीमा सजिएका किराती युवती र दौरासुरुवाल, ढाका टोपीमा सजिएका किराँती युवाले ढोल र झ्याम्टामा कम्मरसमेत मर्काए।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ। गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो।

बैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ। किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बिच साकेला नाच नाचिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell