PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘यो भ्रष्टाचारमात्रै होइन, मानव तस्करी हो’ : माइतीघरमा अखिल (क्रान्तिकारी)को प्रदर्शन

‘यो भ्रष्टाचारमात्रै होइन, मानव तस्करी हो’ : माइतीघरमा अखिल (क्रान्तिकारी)को प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेपछि ‘हाई प्रोफाइल’ व्यक्तिहरु पक्राउ परेका छन्। यो प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरिसकेको छ।

यो प्रकरणमा अन्य थुप्रै ‘हाई प्रोफाइल’ नेताहरु पनि मुछिएका छन्। जसमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले धमाधम पक्राउ गर्न थाले पछि जनस्तरबाट यसको समर्थन हुनुका साथै दोषीलाई कारबाही गर्न माग गरिएको छ। समाजिक सञ्जालबाट सुरु भएको सो कुरा सडकसम्म पुगेको छ।

यसैबिच, शुक्रवारले मोहन वैद्य नेतृत्वको पार्टी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ। भ्रष्टाचार, घुसखोरी र मानव तस्करीका विरुद्धमा
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले माइतीघरमा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले यो प्रकरणमा नाम जोडिएका अन्यलाई पनि पक्राउ गर्न माग गरे।



ट्रेन्डिङ पोस्ट

Ncell