PahiloPost

Dec 21, 2025 | ६ पुष २०८२

राष्ट्रपतिको सवारीले तनावपूर्ण बन्ने सुन्धारा क्षेत्र आज भने शान्त

राष्ट्रपतिको सवारीले तनावपूर्ण बन्ने सुन्धारा क्षेत्र आज भने शान्त

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपतिको सवारी हुँदा अघिल्ला वर्षहरुमा काठमाडौंको सुन्धरा क्षेत्रको सवारी व्यवस्था अस्तव्यस्त बन्ने गरेको थियो। धेरैले राष्ट्रपतिको सवारी हुँदा सडक आवागमन असर पर्ने भन्दै पहिलै वैकल्पिक बाटो रोज्थे। जसले थाहा पाउँदैन थिए वा पाए पनि वास्ता गर्दैनथे तिनीहरु त्यही रुटबाट यात्रा गर्थे र दिनभरको ट्राफिक जाममा फस्थे। काठमाडौंको सुन्धरा क्षेत्रमा ट्राफिक जामको कडा असर देखिन्थ्यो।

तर आज राष्ट्रपति रामचन्द्र पौडेल सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न जाँदा सुन्धरा क्षेत्रमा कुनै असर नै परेन। न त घन्टौंसम्म सवारी जाममा बस्‍नु नै पर्‍यो। त्यसैले आम सर्वसाधारणले राष्ट्रपतिको सवारी भए नभएको हेक्का नै पाएनन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आम मानिसलाई असर नपर्ने गरि सवारी व्यवस्था मिलाउन आग्रह गर्दै आएका थिए। त्यसै अनुसार उनको सवारी भड्किलो देखिएन। नेपाली सेनाले घोड सवारी सहित दिने कारगेड पनि संसद परिसर भित्र मात्र पेश गर्‍यो। 

कुनै बेला राष्ट्रपतिको सवारको पर्यावाची बनेको ट्राफिक जाम हुने स्थानमा आज भने यस्तो देखियो -

 



ट्रेन्डिङ पोस्ट

Ncell