PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आन्दोलनमा मिटरब्याज पीडितको 'फ्ल्याब्याक' शैली : पोस्टरमा गृहमन्त्री नारायणकाजीको 'भिलेन' अवतार!

आन्दोलनमा मिटरब्याज पीडितको 'फ्ल्याब्याक' शैली : पोस्टरमा गृहमन्त्री नारायणकाजीको 'भिलेन' अवतार!

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मिटरब्याज पीडितको आन्दोलन काठमाडौंमा जारी छ। देशका विभिन्न स्थानबाट काठमाडौं आइपुगेका पीडितहरुले सिंहदरबारलाई आन्दोलनको केन्द्रविन्दु बनाएको छ।

मिटरब्याज पीडित आन्दोलनमा उत्रँदा प्रहरीले भने भद्रकालीबाट अघि बढ्न दिइरहेको छैन। यसैक्रममा आन्दोलनमा बल प्रयोग भएको भन्दै मिटरब्याजपीडित संसद भवन नयाँ बानेश्वरमा पनि पुगे।

उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको कारण आफूहरुले लाठी र अश्रृग्यास खानुपरेको दुखेसो पोखिरहेका छन्। यतिमात्र हैन शनिवार पीडितहरुले गृहमन्त्रीलाई खलनायकको रुपमा प्रस्तुत गर्दै पोस्टर बोकेर प्रदर्शन गरे। पीडितहरुले आफूहरुले पटकपटक गरेको विगतको आन्दोलन झल्काउने तस्विरसमेत प्रदर्शन गर्दै विरोधमा उत्रिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell