PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भाटभटेनीका सञ्चालक गुरुङको भूमिका बिचौलियाको, २९ रोपनी भन्दा धेरै जग्गा हडपेको दावी, अरुको भूमिका के?



सविन ढकाल

भाटभटेनीका सञ्चालक गुरुङको भूमिका बिचौलियाको, २९ रोपनी भन्दा धेरै जग्गा हडपेको दावी, अरुको भूमिका के?

काठमाडौं : ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले २९ रोपनी जग्गा हडपेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन गुरुङले बिचौलियाको भूमिकामा निभाउनुका साथै उक्त क्षेत्रफल बराबरको जग्गा हडपेको खुलेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्।

'मीनबहादुरले २९ रोपनी जग्गा हडपेको खुल्छ,' बज्राचार्यले भनिन्। गुरुङमाथि मुलुकी ऐन २०२० अन्तर्गत सरकारी किर्तेमा कारबाही अगाडि बढ्ने उनले बताइन्l

प्रहरीले ललिता निवास प्रकरणमा मंगलवार ७ जनालाई पक्राउ गरेको थियो। जसमा तीन जना छुटेका छन् भने भाटभाटेनीका सञ्चालक गुरुङसहित अरु ४ जना प्रहरी नियन्त्रणमै छन्। ललिता निवास किर्तेमा कसको भूमिका के भन्ने विषयमा सिआईबीले बुधवार बिहान पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

मीनबहादुर गुरुङले व्यवसायी, आफू र आफ्ना परिवारसमेतका नाममा जग्गा ल्याई सरकारी जग्गा आफ्नो बनाउने कार्यमा बिचौलियाको भूमिका निर्वाह गरी प्रत्यक्ष लाभसमेत लिएको, हाल निज मीनबहादुर गुरुङ र निजको परिवार तथा निजकी शेयर रहेको भाटभटनी डेभलपमेन्ट कम्पनी प्रालि समेतको नाममा करिब ३० रोपनी जग्गा कायम रहेको अनुसन्धानमा देखिएको हो। 

अरुको भूमिका के?

पूर्व आयुक्त सुधीर शाहले जग्गा श्रीमतीको नाममा पारेको खुलेको छ।

'तत्कालीन मालपोत कार्यालय भक्तपुरमा मालपोत अधिकृतको रुपमा कार्यरत रहि सरकारी जग्गामा सुवर्ण शमशरे जबरा, कञ्चन शम्शेर जबराका हकवालाहरू श्रीमती सुनीती राणा, शमशेर जबरा, श्रीमती शैलजा राणा, श्री हेमन शम्शेर जबरा, श्री हाटक शमशेर ज.ब.रा. हरुको नाममा अनाधिकृत रुपमा ना.सा. दा.खा. गरी गराई सो बापत सोही मध्येको जग्गा आफ्ना नातेदार श्रीमती उर्मिला शाहको नाममा हालै देखिको बकसपत्रको लिखत पारित गर्ने गराउने कार्य गरेको देखिएको हो।

त्यसैगरी तत्कालीन खरिदार गोपाल कार्कीले बालुवाटारस्थित ललिता निवास जग्गाको दुई वटा मिसिल नै गायब पारेको देखिन्छ।

'तत्कालीन खरिदार सरकारी जग्गा व्यक्तको नाममा दाखिला खारेज गर्ने क्रममा मालपोत कार्यालय डिल्लीबजारबाट तयार पारिएको १०१४ र १०२५ नं को मिसिल गायब पारेको अनुसन्धानमा खुल्छ।

तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतमले भने कीर्ते गरी विभिन्न व्यक्तिको नाममा जग्गा नामसारी गरेको पाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell