काठमाडौं : नेपाल जुडो संघको आयोजना मा आठौ अम्बिका बहादुर क्षेत्री स्मृति खुल्ला जुडो प्रतियोगिता २०७४ यही साउन अन्तिम साता हुने भएको छ। अम्बिका क्षेत्रीकै परिवारको प्रायोजन रहने प्रतियोगिता साउन २७ देखि २९ गतेसम्म सातदोबाटोस्थित लुम्बिनी हलमा आयोजना हुने जुडोले संघले सोमबार पत्रकार सम्मेलनमार्फत जानकार गराएको हो।
प्रतियोगिताको पहिलो दिन रेफ्रि तथा कोचङ सेमिनार हुने र बाँकी दुई खेल विभिन्न १६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ।
जसमा मिहला र पुरुष दुवैतर्फ समान ८-८ तौल समूह समावेश छन्। पुरुषमा ५५ केजीमुनी, ६० केजीमुनी, ६६ केजीमुनी, ७३ केजीमुनी, ८१ केजीमुनी, ९० केजीमुनी, १०० केजीमुनी र १०० केजीमाथी तौलसमूहमा हुने भने महिलातर्फ ४४ केजीमुनी, ४८ केजीमुनी, ५२ केजीमुनी, ५७ केजीमुनी, ६३ केजीमुनी, ७० केजीमुनी, ७८ केजीमुनी र ७८ केजीमाथि तौल समूह समावेश छ।
प्रतियोगितामा नेपालका विभिन्न ११ जिल्ला, ३ विभागिय टिम सहित कूल २२ टिमका १४० भन्दा बढी खेलाडी सहभागि हुने जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए। कूल ५ लाख बजेट लाग्ने अनुमान गरिएको प्रतियोगितालाई स्व अम्बिकाकव परिवारेलएक लाख ७५ हजार प्रदान गर्नेछ भने बाँकी जुडो संघे नै बेहोर्नेछ। सोमबारै स्व खत्रीका पुत्र प्रमोद बाहदुर क्षेत्रीले संघका कोषाध्यक्षलाई उक्त रकम बराबरको चेक हस्तानतरण गरे।
२०५१ लमा सदस्य हुँदै जुडो संघमा प्रवेश गरेका स्व अम्बिका महासचिव र उपाध्यक्ष पदसम्म पुगेका थिए।
राष्ट्रिय टिमको छनोट गरिने
अध्यक्ष बज्राचार्यका अनुसार नेपालको राष्ट्रिय टिमको विशेष प्रशिक्षणका लागि यही प्रतियोगिता नै छनोटको रुपमा रहनेछ। '१६ तौल समूहका विजेता र र स्पाएरिङ पार्टनर गरी ३२ खेलाडी राष्ट्रिय टिमको प्रशिक्षणका लागि छानिनेछन् र अहिले प्रशिक्षणमा रहेका खेलाडी त्यसमा नपरे आउट हुनेछन्।'
अहिले प्रशिक्षणका रहेकादेखि काठमाडौं बाहिरका सबै खेलाडीले यस प्रतियोगितामा खेल्न पाउने अध्यक्ष बज्राचार्यले बताए।
त्यही छनोटका भएका खेलाडीबाट मंसिरमा राष्ट्रिय खेलकुद परिषदले एसियन गेमका लागि खेलाडी छान्ने र वैदेशिक प्रशिक्षणमा पठाउने पनि उनले बताए।
९० केजीमुनीको विजेताले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने
यस्तै यस प्रतियोगिता अन्तर्गत ९० केजीमुनी तौलसमूहमा विजेता हुने खेलाडी र एक जना प्रशिक्षक बगामी अक्टोबर ५ मा ताजकिस्तानको दुशानबेमा हुने पाँचौ इन्टरनेशनल जुडो प्रतियोगिता 'कप अफ दी प्रेसिडेन्ट अफ दी रिपव्लिक अफ ताजकिस्तान' मा सहभागि हुने अध्यक्षले बज्राचार्यले बताए।
यस्तै बज्राचार्यले आजै मात्र इन्टरनेशनल जुडो फेडेरेसन (आइजेएफ)को पत्र पठाउदै क्राएशियामा हुने वर्ल्ड जुनियर जुडो च्याम्पियनसिपमा २ नेपाली खेलाडीको सहभागितामा सहयोग गर्ने पत्र पठाएको जानकारी दिए।
नेपालका ३ खेलाडीले यही अगस्ट अन्तिम साता हंगेरीमा हुने वर्ल्ड जुडो च्याम्पियनसिप खेल्दैछ।
५ जना भए लिग, ६ वा त्यसभन्दा बढी भए लिगकम नकआउट
एकै विधामा ५ मात्र खेलाडी भए लिग फर्म्याटमा खेलाइने र ६ वा त्यसभन्दा बढी भए लिगकम नकआउटका आधारमा खेलाइने संघले जनाएको छ। संघका अध्यक्ष बज्राचार्यले कुनै पनि पदक जित्नका लागि अनिवार्य रुपमा खेल जित्नैपर्ने बताए। 'रिपेज सिस्टम क्वाटरफाइनलपछि मात्र लागु हुनेछ। यस्तै हरेक खेलमा वाजारी हुनुपर्नेछ। पहिलेको जस्तो इप्पोन भएर मात्र पुग्दैन।' बज्राचार्यले नयाँ सिस्टमबारे भने।
यस्तै यसपटक आइजेएफको नयाँ रुल अनुसार खेलाडीको इन्ट्री गरेको र नयाँ नियमअनुसार नै खेलहरु खेलाउने अध्यक्ष बज्राचार्यले बताए।
बज्राचार्यले पछिल्लो समय नेपाली जुडोले प्रगती गरिरहेको र आइजेएफले पिन सहयोग गरिरहेको बताए। 'हामी आफै पिन नेपालगन्जमा जुडो एकेडेमी निर्माण गर्दैछौँ, खेलाडीहरुको स्तर बढेको छ। अन्त्र्राष्६रिय प्रतियोगितामा पनि पदक जितिरहेका छौँ।'