PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

करण जौहरले गरे जुम्ल्याहा सन्तानको 'फस्टलुक आउट'



पहिलोपोस्ट

करण जौहरले गरे जुम्ल्याहा सन्तानको 'फस्टलुक आउट'

बलिउडमा फिल्म निर्माण, निर्देशन, लेखनदेखि अभिनयसम्मका सबै कामहरुमा सक्रिय करण जौहरले सेरोगेसी मार्फत दुई सन्तान अपनाए। एक छोरा र एक छोरी।

करणले आफ्नो किताब 'एन अनस्विटएबल बोए'को विमोचनमा आफूलाई पिता बन्न मन लागेको अभिव्यक्ती दिएका थिए। किताब सार्वजनिक भएको दुई महिनापछि उनले ट्विटर मार्फत आफू पिता बनेको बारे जानकरी दिए। छोराको नाम यश र छोरीको नाम रुही राखेको पनि करणले जनाएका छन्। सन्तान जन्मिएको एक महिना पछि मात्र खबर सार्वजनिक गरे। कारण थियो- उनीहरुको स्वास्थ्य र अस्पतालको लामो बसाई।

खबर सार्वजनिक भएको चार महिना बित्दा पनि उनले यश र रुहीको फोटो सार्वजनिक गरेका थिएनन्। गत १८ जुलाईमा भने उनले इन्सटाग्रामलाई सन्तानहरुको सम्झनालाई व्यक्त गर्ने माध्यम बनाए र गरे जुम्ल्याहा सन्तानको टिजर आउट। अर्थात उनले छोराछोरीको अनुहार देखिने फोटो भने राखेका थिएनन्।

सोमबार भने उनले सन्तानको फस्ट लुक आउट गरे। उनले ट्विटरमार्फत पहिलोपटक यश र रुहीको अनुहारसहितको फोटो सार्वजनिक गरे। करणले रक्षा बन्धनको अवसर पारेर दाजु बहिनीको फोटो पोस्ट गरेका हुन्। फोटोमा करणकी आमा हिरु जौहर पनि देखिएकी छिन्। जसको नाम उल्ट्याएर करणले छोरीको नामाकरण गरेका हुन्। उनले क्याप्शनमा लेखेका छन् 'लभ अफ माइ लाइफ'।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell