PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

युइएफ सुपर कपको उपाधि रियल मड्रिडले जित्यो, युनाइटेड पराजित

युइएफ सुपर कपको उपाधि रियल मड्रिडले जित्यो, युनाइटेड पराजित

पहिलोपोस्ट /पहिलोपोस्ट


युइएपए सुपर कपको उपाधि स्पानिस क्लब रियल मड्रिडले जितेको छ। गएराती मेसोडेनियाको स्कोप्जेस्थित केलेकोम एरेनामा भएको खेलमा रिलयले इंगलिस क्लब म्यानचेष्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै रियलले चौथो पटक सुपर कपको उपाधि जितेको हो।

रियल कीर्तिमानी १२ पटकको युरोपियन च्याम्पियन तथा युनाइटेड युरोपा लिग विजेताको रुपमा सुपर कपका लागि छनोट भएको थियो। 

खेलको सुरुवातदेखि नै दबाब बनाएको रियलले ३४औं मिनेटमा कासेमिरोको गोलमार्फत अग्रता दिलएको थियो। पहिलो हाफमा १ गोलको अग्रता बनाएको रियलले दोस्रो हाफको सुरुमै गोल गर्‍यो। ५२औं मिनेटमा इस्कोले गोल गर्दै रियललाज्ञ २-० को अग्र तिदलाए।

दुई गोलले पछि परेको युनाइटेडका लागि ६२औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै गोल अन्तर कम पारेका थिए। तर त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि रियल २-१ ले विजयी हुँदै च्याम्पियन बनेको हो।

युनाइटेडका पूर्व स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियलका लागि अन्तिम ७ मिनेटमा मात्र खेलेका थिए। प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोलाई बेन्चमा राख्दै गारेथ बेललाई पहिलो रोजाईँमा खेलाएका थिए।

रियलले भन्दा बढी बार्सिलोना र एसी मिलान (५) ले मात्र सुपर कपको उपाधि जितेको छ।

यस्तै रियल मड्रिडले स्पानिस सुपर कपकव फाइनलमा बार्सिलोनासँग दुई खेल खेल्दैछ। पहिलो लेगकव खेल आगामी शनिबा बार्साको घरेलु मैदान नोउ क्याम्पमा हुनेछ भने दोस्रो लेग रियलको मैदान सान्टियागो वर्नावेउमा अर्कव अगस्ट १७ मा हुनेछ।

यता यही शनिबारबाट सुरु हुने यस सिजनको प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा युनाइटेडले आइतबार वेष्टहमसँग खेल्नेछ।

 



ट्रेन्डिङ पोस्ट

Ncell