PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पहिलो प्रिमियर लिगमा खेल्ने १३ विदेशी खेलाडी को को हुन्?



पहिलोपोस्ट

पहिलो प्रिमियर लिगमा खेल्ने १३ विदेशी खेलाडी को को हुन्?

विश्वकै सबैभन्दा चर्चित फुटबल लिग इंगलिस प्रिमियर लिगले यसैपटक २५औं संस्करण पूरा गर्दैछ। यस विशेष संस्करणको प्रिमियर लिग यही शनिबारबाट सुरु हुँदैछ।

सन् १९९२ मा आधुनिक प्रिमियर लिगको पहिलो संस्करण भएको थियो। त्यसमा १३ मात्र विदेशी खेलाडीले खेलेका थिए। त्यसमध्येका चर्चित खेलाडीहरु थिए डेनमार्कका क्यास्पर सेमिकल र फ्रान्सका एरिक क्यान्टोना

२०१७ को प्रिमियर लिगअन्तर्गत सबै डिभिजनमा गरेर ६५ देशका खेलाडीले खेलेका थिए।

सन् १९९२-९३ को सिजनमा बेलायत र आयरल्याण्ड बाहेकका गरी १३ खेलाडी मात्र सहभागी थिए। को को हुन् ति १३ खेलाडी


जोन जेनसन

डेनमार्कका जेनसनले आर्सनलबाट खेलेका थिए।

 

एण्डर लिम्पार

स्वीडेनका लिम्परले पनि लण्डन क्लब आर्सनलबाटै खेलेका थिए।

 

रोबर्ट वार्चजा

पोल्याण्डका विंगलर एण्डरले एभरटनका लागि खेलेका थिए।

 

एरिक क्याण्टोन

फ्रान्सेली स्टार एरिक क्यान्टोनाले पहिलो सिजन लिड्स युनाइटेडबाट खेलेका थिए। तर पछि उनले म्यानचेष्टर युनाइटेडबाट खेले।


गुनर हल्ले

नर्वेका गुनरले ओल्डहम एथ्लेटिकका लागि खेलेका थिए।

 

रोनी रोसेनथल

इजरायलका रोसेनथलले लिभरपुलका लागि खेलेका थिए।

 

माइकल भोन्स

नेदरल्याण्ड्सका माइकल भोन्कले म्यानचेष्टर सी६का लागि खेलेका थिए।

 

पिटर सेमिकल

प्रिमियर लिगकै बेस्ट गोलकिपरको रुपमा चर्चत डेनमार्कका सेमिकलले म्यानचेष्टर युनाइ६८बाट खेल्दै ५ पटक उपाधि जितेका थिए।

 

एन्ड्रि कानचेलिस

रसियाका कानचेलिसले पिन म्यानचेष्टर युनाइटेडबाट खेलेका थिए।

 

क्रेग फरेस्ट

क्यानडाका गोलकिपर परेस्टले इस्विच टाउनबाट खेलेका थिए।

 

रोलान्ड निलसन

स्वीडेनका निलसनले शेफिल्ड वेनसडेबाट खेलेका थिए।

 

हान सेगर्स

डच गोलकिपर सेगर्सले विम्वलडनबाट खेलेका थिए।

 

जान स्टेजकाल

चेक गणतन्त्रका जानले क्विन पार्क रेन्जर्स (क्युपिआर) बाट खेलेका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell