PahiloPost

Jul 3, 2024 | २० असार २०८१

चलचित्र निर्माता संघको काममा निर्माता संघ नेपालले कसरी गर्यो अवरोध?



पहिलोपोस्ट

चलचित्र निर्माता संघको काममा निर्माता संघ नेपालले कसरी गर्यो अवरोध?

काठमाडौं: चलचित्र निर्माता संघका महासचिव रोज राणाले चलचित्र निर्माता संघ नेपालले कानुनी झमेला सिर्जना गरेको कारण आफ्नो संघको कार्य योजना समयमा पुरा हुन नसकेको बताए। चलचित्र निर्माता संघको ६ महिने कार्यपत्र सार्वजनिक कार्यक्रममा रोज राणाले नयाँ निर्माता संघले आफ्नो काममा अवरोध गरेको बताएका हुन्।

फिल्म निर्माता नवल खड्काको नेतृत्वमा गत मङ्सिरमा नयाँ निर्माता संघ गठन भएको थिए। पुरानो र नयाँ निर्माता संघ बिच कानुनी लडाईं चलिरहेको थियो। खड्का पक्षले अधिकारीको नेतृत्वमा रहेको संघले भवन निर्माण कोषका लागि जम्मा भएको २३ लाख ८३ हजार र सदस्यताको ८ लाख संघले हिनामिना गरेको भरखरै स्थापित नयाँ संघका अध्यक्ष नवल खड्काले दाबी गरेका हुन्।

चलचित्र व्यवसायलाई पनि उद्योग बनाउने हेतुले आफूहरु सदस्य बने पनि संघले सिन्को भाँच्न नसकेको आरोप खड्काले लगाएर संघबाट टुक्रिएका हुन्।दुबै निर्माता संघले बक्सअफिसलाई आफ्नो मुख्य योजना बनाउँदै आएपनि बक्सअफिस स्थापना भैसकेको छैन।

चलचित्र निर्माता संघले भने कार्य समितिले ६ महिने कार्यपत्र पनि प्रस्तुत गरेको छ। संघको तर्फबाट अध्यक्ष आकाश अधिकारीले पुरा भएका र कार्य योजनामा रहेका सूची बारे जानकारी दिएका हुन्। नेपाली फिल्मको सहज सेन्सर बनाउने, फिल्म क्षेत्रको समस्याहरुको समाधानको बारेमा राष्ट्रपति समक्ष जानकारी, फिल्मको सेयर बाँडफाँड, बजेट सम्बन्धी राय सुझाव, विदेशमा नेपाली फिल्मको नियमित प्रदर्शन र महोत्सव तथा नेपाली फिल्म क्षेत्रलाई उद्योगको रुपमा स्थापित गराउने पक्षमा निर्माता संघले पुर्यानएको योगदान बारे प्रस्ट पारे।

कार्यपत्र प्रस्तुतसँगै चलचित्र निर्माता संघले उद्योग वाणिज्य संघको नव निर्वाचित कार्य समितिलाई सम्मान समेत गरेको छ। आकाश अधिकारी नेतृत्वको निर्माता संघको कार्य समितिले भवानी राणा नेतृत्वको वाणिज्य संघलाई बुधबार सम्मान गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell