काठमाडौंः नयाँ शक्ति नेपालमा आवद्ध रामचन्द्र झा र रामकुमार शर्मा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
शुक्रबार दिउँसो प्रचण्ड निवासमा भएको छलफलपछि झा र शर्माले आफूहरु फेरि पूर्ण रुपमा माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता गर्दै पार्टी प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ।
छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेसमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पार्टी हेडक्र्वाटर सदस्य एवं गृहमन्त्री जनार्दन शर्मा र नेतृ उर्मिला अर्याल पनि सहभागी थिए।