PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

बक्सअफिसमा सफल अक्षयको 'ट्वाइलेट एक प्रेमकथा'



पहिलोपोस्ट

बक्सअफिसमा सफल अक्षयको 'ट्वाइलेट एक प्रेमकथा'

अक्षय कुमार र भूमि पेड्नेकर स्टारर ट्वाइलेट एक प्रेम कथाले बक्स अफिसमा राम्रो प्रदर्शन गरेको छ। शुक्रबारभन्दा शनिबार फिल्मले राम्रो कमाइ गरेको बलिउड हंगामाले जनाएको छ। फिल्मले शुक्रबार १३ करोडको व्यापार गरेको थियो भने शनिबार १७ करोड कमाएको छ।

गत हप्ता प्रदर्शनमा आएको जब ह्यारी मेट सेजलले भन्दा ट्वाइलेटले राम्रो कमाइ गर्‍यो। शाहरुख अभिनित फिल्म ह्यारी मेट सेजलले प्रदर्शनमा आएको दोस्रो दिन १५ करोडमात्र कमाएको थियो। जसभन्दा अक्षयको ट्वाइलेटले दुई करोड बडी कमायो। ट्वाइलेटले प्रदर्शनमा आएको पहिलो दिनको पहिलो सो भन्दा रातिको सोबाट राम्रो प्रदर्शन गरेको हो।

फिल्मको वर्ड अफ माउथ राम्रो गएपछि २ दिनमै ३० करोड २० लाख कमाइ गरेको छ। आइतबारसम्म फिल्मले ५० करोड माथिको व्यापार गर्ने समीक्षकहरुको अनुमान छ। यसअघि अक्षयको जोली एलएलबीले पनि पहिलो सप्ताहन्तमा ५० करोड ४६ लाख कमाएको थियो।

श्री नारायण सिंह निर्देशित फिल्मको प्रदर्शन अझै राम्रो हुन सक्ने क्रिटिक्स अनुमान छ। किनकि युनिटले दुई सार्वजनिक बिदाको फाइदा उठाउन सक्छ। सोमबार कृष्ण जन्माष्टमी र मङ्गलबार स्वतन्त्रता दिवसको दिन थिएटरमा दर्शक फ्लो बढ्ने अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell