PahiloPost

Jul 3, 2024 | २० असार २०८१

प्रिमियर लिग : डेब्युमै लुकाकुको २ गोल, युनाइटेडको शानदार जित



पहिलोपोस्ट

प्रिमियर लिग : डेब्युमै लुकाकुको २ गोल, युनाइटेडको शानदार जित

स्ट्राइकर रोमेलु लुकाकुले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडबाट डेब्युमै २ गोल गरेपछि क्लबले वेष्टहम विरुद्ध शानदार जित हात पारेको छ। आइतबार घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा वेष्टहमलाई ४-० ले पराजित गर्दै युनाइटेडले ३ अंक जोडेको हो।

यसै सिजन मात्र अर्को प्रिमियर लिग क्लब एभरटनबाट युनाइटेड पुगेका लुकाकुले प्रि सिजन टुरमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

लिगमा पनि लुकाकुले सोहि लय कायम राख्दै सिजनको पहिलो खेलमै २ गोल गरे। उनले खेलको ३३औं र ५३औं मिनेटमा गोल गरे। युनाइटेडका लागि एन्टोनी मार्सियलले ८७औं तथा पउल पोग्वाले ९०औं मिनेटमा गोल गरे।

अघिल्लो दिन मात्र युनाइटेडका सर्वाधिक गोलकर्ता वायन रुनीले १३ वर्षपछि एभरटन फर्कदा निर्णायक गोल गर्दै क्लबलाई जित दिलाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell