PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अष्ट्रेलियामा रहेका म्याग्देलीद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई २० लाख सहयाेग



रासस

अष्ट्रेलियामा रहेका म्याग्देलीद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई २० लाख सहयाेग

म्याग्दी : म्याग्दी प्रवासी नेपाली सङ्घ मोना (अष्ट्रेलिया)ले राष्ट्रिय आविष्कार केन्द्रका लागि २० लाख सहयोग गरेको छ। 

नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने उद्देश्यले सहयोग जुटाउन अष्ट्रेलिया गएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् अभियानकर्ता डा महवीर पुनको स्वागतमा अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा मोना (अष्ट्रेलिया)ले सो रकम सहयोग गरेको मोना (अष्ट्रेलिया)का अध्यक्ष हरि राम्जालीले जानकारी दिए। 

अष्ट्रेलियाको सिड्नीस्थित रकडेलको एभरेष्ट फङसन सेन्टरमा आयोजित कार्यक्रममा सिड्नीमा रहेका विभिन्न संस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो।

नेपालमा आविष्कार केन्द्रको आवश्यकताबारे अध्यक्ष एवम् अभियानकर्ता महावीर पुनले स्पष्ट पारेका थिए। कार्यक्रममा उपस्थित भएकाबाट मात्रै २० लाख रुपैयाँ संकलन भएको अध्यक्ष राम्जालीले जानकारी दिए। 

मोना म्याग्दी, बेनी एफसी, जलजला परिवार र मगर समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको जनाइएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell