PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

पिपुल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक, हेर्नुस् को को परे?



पहिलोपोस्ट

पिपुल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक, हेर्नुस् को को परे?

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डको लागि सोमबार ५ खेलाडीको नाम सार्वजनिक भएको छ।

एनएसजेएफले वर्ष २०७३ प्राप्त उपलब्धी र चर्चालाई आधार मान्दै विभिन्न ५ खेलका छ खेलाडीको नाम सार्वजनिक गरेको हो।

जसमा क्रिकेटबाट दीपेन्द्र सिंह ऐरी, पौडीबाट गौरिका सिंह, एथ्लेटिक्सबाट कान्छीमाया कोजु, जुडोबाट फुपुल्हामु खत्री र फुटबलबाट सुजल श्रेष्ठ छन्।

आगामी भदौ २६ गते हुने अवार्डका लागि आजैदेखि एसएमएस भोटिङ र पेसबुक लाइकको भोटिङ सुरु हुनेछ। भदौ २५ गते राती १२ बजेसम्म चल्ने भोटिङ र फेसबुक लाइकको आधारमा सर्वाधिक भोट प्राप्त गर्ने खेलाडीले पिपुल्स च्वाइस अवार्ड पाउनेछन्।  यसमा चार फेसकु लाइक बराबर एक मत हुनेछ। यस अवार्डको विजेताले एक थान बजाज पल्सर बाइक पाउनेछ।

पिपल्स च्वाइस अवार्डमा भोट गर्न Pulsar स्पेस खेलाडीको भोटिङ कोड टाइप गरी ३३१३१ मा मेसेस पठाउनुपर्नेछ।

भोटिङ गर्न दीपेन्द्र सिंह ऐरीको लागि DA, गौरिका सिंहको लागि GS, कान्छिमायाको लागि KK, फुपूल्हामुको लागि PK र सुजलको लागि SS रहेको छ।

एनएसजेफका अध्यक्ष महेश आचार्यले अन्य चार विधा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको लागि केही दिनमै उत्कृष्ट खेलाडीको नाम सार्वजनिक गर्ने बताए। एनएसजेएफका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितीले खेलाडी छनोट गर्नेछ।

यसबाहेक लाइभटाइम अचिभमेन्ट अवार्ड, पारा एथलेट अवार्ड र स्पेशल अवार्ड गर कूल ८ विधाको अवार्ड प्रदान गरिनेछ।

 

पिपुल्स च्वाइस अवार्डका लागि मनोनयनमा परेका खेलाडी  भोटिङ कोड

दीपेन्द्र सिंह ऐरी  DA

गौरिका सिंह GS

कान्छीमाया कोजु KK

फुपूल्हामु खत्री PK

सुजल श्रेष्ठ SS

For Dipendra Singh Airee (Type Pulsar DA and send SMS to 33131)

For Gaurika Singh        (Type Pulsar GS and send SMS to 33131)

For Kanchhimaya Koju    (Type Pulsar KK and send SMS to 33131)

For Phupu Lhamu Khatri  (Type Pulsar PK and send SMS to 33131)

For Sujal Shrestha       (Type Pulsar SS and send SMS to 33131)
 

के छ मनोनयनमा परेका खेलाडीको विशेषता?

दीपेन्द्र सिंह ऐरी, क्रिकेट

२०७३ सालमा नेपाली टिमका लागि सर्बाधिक ३ सय ५७ रन बनाएको। ४ अर्धशतक। ४ विकेट

सिनियर राष्ट्रिय टिमबाट दीपेन्द्रले ३ अर्धशतकको मद्दतबाट २ सय ११ रन बनाएको।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँग ६२ रन, इमर्जिङ टिम्स कपमा बंगलादेशविरुद्ध ५६ रन र हङकङविरुद्ध नटआउट ६० रन तथा यू–१९ एसिया कपमा श्रीलंकासँग ९० रन।

 

गौरिका सिंह, पौडी

रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी। १३ वर्ष २५५ दिन।

कान्छी खेलाडीको रुपमा विश्वका चर्चित मिडियाहरुमा छाएकी।

भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुदमा १ रजत र ३ कांस्यपदक जितेकी

३० पल्ट राष्ट्रिय कीर्तिमान बनाएकी

 

कान्छीमाया कोजु, एथलेटिक्स

म्याराचन र हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान।

पाँच वटा हाफ म्याराथनमा पहिलो।

सातौँ राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजतपदक।

काठमाडौं म्याराथनमा २ घण्टा ५५ मिनेट २७ सेकेण्डको राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक

पिंकाथन हाफ म्यराथनमा १ घण्टा १८ मिनेट २६ सेकेण्डकव राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक

न्यू ताइपेई सिटी म्याराथनमा ११औं स्थान। उमेर समूहमा पहिलो।

 

फुपूल्हामु खत्री

रियो ओलम्पिकमा सहभागी, पूरा समय ४ मिनेट टिक्ने पहिलो नेपाली जुडोको

१७औँ जुनियर एसियन जुडो च्याम्पियनसिप, कोचिमा कास्यपदक जितेकी

सातौँ राष्ट्रिय खेलकुदमा स्वर्णपदक

२२औँ एसियन जुडो च्याम्पियनसिप उज्वेकिस्तानमा सहभागी

 

सुजल श्रेष्ठ

एएफसी सोलिडारिटी कप च्याम्पियन राष्ट्रिय टिमको खेलाडी

सोलिडारिटी कप फाइनलमा मकाउ विरुद्ध निर्णायक गोलकर्ता

मनाङ मर्स्याङदी क्लबलाई दुहवी, खप्तड, आहा-रारा र झापा गोल्डकप उपाधि दिलाउन महत्वपूर्ण योगदान

दुही गोल्डकपका सर्वोत्कृष्ट खेलाडी। आहा-रारामा उत्कृष्ट मिडफिल्डर।

शेख कमल इन्टरनेशनल कपमा सेमिफाइनल।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell