PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

एएफसी ए लाइसेन्स कोचिङ कोर्स सुरु



पहिलोपोस्ट

एएफसी ए लाइसेन्स कोचिङ कोर्स सुरु

काठमाडौं : एएफसीको मातहतमा अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबारदेखि एएफसी ए कोचिङ सर्टिफिकेट कोर्स सुरु गरेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चाल हुने कोर्समा कूल २१ कोच सहभागि छन्। उनीहरुलाई एएफसी इन्स्ट्रक्टर इरानका नाइदर अरबीले कोर्स गराउनेछन्।

कोर्स उद्घाटनका अवसरमा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली फुटबलको विकासका लागि कोचिङ कोर्स धेरै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए। श्रेष्ठले अब क्लब लाइसेन्सिङ प्रक्रियामा जानुपर्ने भएको र त्यसको मुख्य अवश्यकता नै ए कोचिङ सर्टिफिकेट होल्डर कोच चाहिने भएको यो कोर्सका लागि सबैलाई शुभकामना दिए।

यस्तै दोस्रो पटक नेपाल आएका इन्स्ट्रक्टर अरबीले पनि फुटबल विकासका लागि यो कोर्स महत्वपूर्ण भएको बताए।

यसअघि गत वर्ष पहिलो पटक भएको कोर्सबाट नेपालका १६ प्रशिक्षकले ए कोचिङ सर्टिफिकेट प्राप्त गरेका थिए।

 

कोचिङ कोर्समा सहभागिहरु

विजय महर्जन, श्याम सुन्दर सिंह, मनोज रन्जित, प्रज्वल प्रतिप क्षत्री, प्रदिप हुमागाँई, विनोद लामा, प्रवेश कटुवाल, नविन महर्जन, भगवती राना मगर, सन्जित सिंह, विकास डंगोल, सनोज श्रेष्ठ, चक्र तामाङ, सुलभ जंग राना, राज कुमार केसी, किरण श्रेष्ठ, सुमन श्रेष्ठ, दर्शन भक्तराज, जीत बहादुर पुन, ललित चन्द, किशोर कुमार केसी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell