PahiloPost

Oct 1, 2024 | १५ असोज २०८१

आयुर्वेदको विकास र विस्तारमा सघाउने चिनियाँ उपप्रधानमन्त्री याङको प्रतिवद्धता



रासस

आयुर्वेदको विकास र विस्तारमा सघाउने चिनियाँ उपप्रधानमन्त्री याङको प्रतिवद्धता

काठमाडौँ  :  चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपालमा आयुर्वेदको विकास र विस्तारका लागि चीन सरकारले पूर्ण सहयोग गर्ने बताएका छन्। 

कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र अवलोकनका लागि आज त्यहाँ पुगेका उपप्रधानमन्त्री याङले आयुर्वेदको अनुसन्धानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

स्वास्थ्य सचिव किरण रेग्मीले नेपाल सरकार संघीयतामा गएपछि सातै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्ने लक्ष्य लिएको र त्यसका लागि चीन सरकारकातर्फबाट आबश्यक सहयोग गर्न उपप्रधानमन्त्री याङसँग आग्रह गरेकी थिइन्। 

उनले भनिन्,‘नेपालका ८० प्रतिशत जनताको आयस्रोत जडीबुटी भएपनि यसबारे ज्ञानको अभावमा अमूल्य जडीबुटी समय नहुँदै दोहन हुँदा ह्रास हुँदै गएकाले जनचेतना सहित उच्चस्तरको प्रविधियुक्त स्रोत संकलन र डिजिटलयुक्त पुस्ततकालय स्थापना गर्दैछौँ।’ 

चीन सरकारले सन् २००९ मा ६८ करोड रुपैयाँको लगानीमा अनुसन्धानका लागि केन्द्रको भवन निर्माण गरी सन् २०११ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुका साथै २४ करोड बराबरको चिकित्सा सम्बन्धी उपकरण पनि उपलब्ध गराएको छ। 

केन्द्रबाट हाल शल्य चिकित्सा, स्त्री, प्रसूति सेवा अर्बुद्ध रोग उपचार, अकुपञ्चर, रेडियोलोजी, प्याथोलोजीलगायतका सेवा प्रदान हुँदै आएको छ।

अन्तरंग सेवाअन्तर्गत पञ्चकर्म, क्षारसुत्र सेवा, स्वस्थ्यत सेवा, कौमारभृत्य, योग तथा फिजियोथेरापी, एक्सरे, सिटी स्क्यान र टेलीमेडिसिनलगायतका सेवा सुरु हुने तयारीमा रहेको केन्द्रले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell