PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो, उपभोक्ता मूल्य अब लिटरको ७० रुपैयाँ 



पहिलोपोस्ट

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो, उपभोक्ता मूल्य अब लिटरको ७० रुपैयाँ 

काठमाडौं: आजदेखि दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढोको छ । 

दुग्ध विकास संस्थान र निजी डेरीको दूधको मूल्य प्रतिलिटर अब ७० रुपैयाँ हुनेछ। दुग्ध विकास बोर्डले दूधको मूल्य ६ रुपैयाँ बढाउन स्वीकृति दिए लगतै बिहीबारदेखि नयाँ मूल्य कार्यान्वयनमा आएको हो। एक प्याकेट (आधा लिटर) दूधको मूल्य अब ३५ रुपैयाँ कायम भएको छ।यसअघि दूधको मूल्य प्रतिलिटर ६४ रुपैयाँ थियो।

बोर्डका अनुसार बढेको मूल्यमा किसानले एक लिटरमा ४ रुपैयाँ १४ पैसा पाउनेछन्। दूध बिक्री गर्ने बुथम्यानले एक लिटरमा एक रुपैयाँ थप पाउनेछन् भने दूध प्रशोधन गर्ने उद्योगले लिटरमा ८६ पैसा मात्रै पाउनेछन्। 

सरकारले तीन वर्षपछि दूधको मूल्य बढाउन स्वीकृति दिएको हो। यसअघि २०७१ सालमा दूधको मूल्य प्रतिलिटर आठ रुपैयाँ बढेको थियो।

डेरी उद्योग संघ नेपालका अध्यक्ष अरनिको राजभण्डारीले तीन वर्षपछि दूधको मूल्य बढेको बताउँदै बढेको मूल्यमा सबैभन्दा बढी किसानलार्इ फाइदा पुग्ने बताए।  ‘दूधको मूल्य बढ्दा त्यसको ६९ प्रतिशत हिस्सा किसानले पाउँछन्। दूध उत्पादन गर्ने किसानले बढी रकम पाउँदा दुग्ध क्षेत्रमा किसानको सहभागिता बढ्ने अपेक्षा छ’उनले भने।

उनका अनुसार दूधको मूल्य बढेपछि दूधबाट बन्ने अरु परिकारको मूल्य पनि बढ्नेछ। उनले एक÷दुर्इ दिनभित्रै दूध बाहेक घिउ, दही, पनिर लगायतका वस्तुको मूल्य समेत बढ्ने जानकारी दिए। दूधको मूल्य समायोजनका लागि दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, सरकारी प्रतिनिधि लगायतको अध्ययन समिति बनाइएको थियो। अध्ययन समितिको प्रतिवेदनका आधारमा दूधको मूल्य बढाइएको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell