काठमाडौँ: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तहको परीक्षा कार्यक्रम संशोधन गरेको छ। चार र तीन वर्षे स्नातक तह र एलएलवी दोस्रो वर्षको नियमित र आंशिक दुबै तर्फको परीक्षा कार्यक्रम संशोधन भएको हो।
परीक्षा नियन्त्रण कार्यालयले हालैको बाढी पहिरो तथा तस्रो चरणको स्थानीय तह निर्वाचन समेत मध्यनजर गरी परीक्षा कार्यक्रम संशोधन गरेको हो।
नयाँ परीक्षा तालिका अनुसार अब भदौ ११ गतेदेखि सबै वर्ष र तहका परीक्षा सञ्चालन हुनेछन्।
मानविकी, शिक्षा र विज्ञान संकायका तीन वर्षे शैक्षिक कार्यक्रमका पहिलो वर्षका सबै परीक्षा भदौ ११ गतेदेखि हुनेछन्। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म तोकिएको छ।
चार वर्षे शैक्षिक कार्यक्रम अन्तर्गत विज्ञान, व्यवस्थापन र शिक्षा शास्त्र संकायको प्रथम वर्षको परीक्षा पनि भदौ ११ गतेदेखि नै हुनेछ। परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ।
यस्तै, कानुन संकायको एलएलवी दोस्रो वर्षको परीक्षा पनि भदौ ११ गतेदेखि नै हुनेछ। एलएलवी दोस्रो वर्षको मौका परीक्षा पनि भदौ ११ बाटै हुनेछ।