PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

च्याम्पियन्स लिग प्लेअफ : सेल्टिक, सेभिया र नेपोली विजयी



पहिलोपोस्ट

च्याम्पियन्स लिग प्लेअफ : सेल्टिक, सेभिया र नेपोली विजयी

युरोपियन च्याम्पियन्स लिग प्लेअफ पहिलो लेगमा स्कटिस क्लब सेल्टिकले शानदार जित हासिल गरेको छ।

पूर्व चेल्सी तथा म्यानचेष्टर सिटीका खेलाडी स्कट सिनक्लेरले दुई तथा विपक्षीको दुई आत्मघाती गोलको मद्दतमा सेल्टिकले अस्तानालाई ५-० ले हरायो। सेल्टिक पार्कमा भएकव खेलमा अर्को एक गोल जेम्स फरेस्टले गरे।

अस्तानाका पोस्टनिकोभ र शितोभले आत्मघाती गोल उपहार दिएका थिए।

यस्तै प्लेअफ अन्तर्गतकै अन्य खेलमा स्पानिस क्लब सेभियाले इस्तानबुल बासाकेहिरलाई २-१ ले पराजित गरेको छ भने इटलीको नेपोलीले दश खेलाडीमा झरेको फ्रेन्च क्लब नाइसलाई २-० ले हरायो।

इजरायलको हापोर वर शिभाले मारिबोर तथा ग्रीसको ओलम्पियाकोसले रेजिकालाई समान २-१ गोल अन्तरमा पराजित गरे।

दोस्रो लेगको खेल यही अगस्ट २२ र २३ मा हुनेछ। प्लेअफबाट कूल १० टिम २०१७-१८ को च्याम्पियन्स लिगको लागि छनोट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell