PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नेशनल कलेजको अनुगमन स्वास्थ्य मन्त्रालयले गर्ने



पहिलोपोस्ट

नेशनल कलेजको अनुगमन स्वास्थ्य मन्त्रालयले गर्ने

काठमाडौं : स्वास्थ्य मन्त्रालयले हालै सम्बन्धन पाएको काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल अनुगमन गर्न कार्यदल गठन गरेको छ।

डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले कार्यदल गठन गरेका हुन्।

कार्यदलमा डा. गुणराज लोहनी, डा. भोलाराम श्रेष्ठ, औषधि व्यवस्था विभागका निर्देशक नारायण ढकाल, जनस्वास्थ्य प्रयोगशालाकी डा. रुना झा, वीर अस्पतालका रेडियोलोजिस्ट डा. स्वयम्प्रकाश पण्डित, नर्सिङका तर्फबाट कविता अर्याल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा सदस्य छन्।

कार्यदललाई प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको छ।

सुनसान घरलाई त्रिभुवन विश्वविद्यालय विद्या परिषदले सम्बन्धन दिएपछि कलेजको सम्बन्धनको चौतर्फी विरोध भएको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell