PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

फोब्सको धेरै कमाउने कलाकारको सूचीमा किन अटाएनन् आमिर खान?



पहिलोपोस्ट

फोब्सको धेरै कमाउने कलाकारको सूचीमा किन अटाएनन् आमिर खान?

बलिउडका सुपरस्टार शाहरुख खान, सलमान खान र अक्षय कुमार फोब्सको सबैभन्दा धेरै पैसा बुझ्ने विश्वका १० शीर्ष कलाकारको सूचीमा परेका छन्। तर, यो सूचीमा आमिर खानको नाम भने परेको छैन। आमिर खानको अन्तिम फिल्म दंगलले विश्वव्यापी रुपमा २ हजार करोड कमाइसकेको छ।

फोब्सको रिपोर्ट अनुसार आमिर खानले मात्रै दंगलबाटट १ सय ७५ करोड रुपैयाँ कमाए जुन विश्वका सेलिब्रिटीमध्ये सबैभन्दा ठूलो कमाइ हो। यति हुँदा हुँदै पनि उनी यो सूचीमा परेनन्। 
'आम्दानीको सामान्य जानकारी पनि उनी सेयर गर्दैनन् त्यसैले उनी फोब्समा फिचर्ड नभएका हुन्,' सम्पर्क गर्दा आमिरको टिमका एक सदस्यले भने। 

राजकुमार हिरानी निर्देशित फिल्म थ्री इडियटले २ सय करोड कमाउँदा सन् २०१३ मा आमिर फोब्सको धेरै कमाउने टप १०० सेलिब्रिटीको सूचीमा परेका थिए।

फिल्म इन्डस्ट्रीका जानकारहरु आमिरलाई यो सूचीमा पर्नु नपर्नुमा खासै केही फरक छैन। एड गुरु प्रल्हाद काकडको बुझाइमा फरक पर्छ भने फोब्सलाई नै पर्छ।

'उनी थोरै त गुणस्तरमा विश्वास गर्छन्। सायद फोब्सले उनीसँग सम्पर्क गर्दा उनले वास्ता नगरेको हुनुपर्छ,' उनले भने।

दंगल चीनमा सुपरहिट भयो। चिनियाँ सरकारले बक्स अफिसको २५ प्रतिशतमात्र विदेशी स्टुडियोलाई दिने गर्छ जबकि अरु धेरै देशमा यो ४० देखि ५० प्रतिशत हुने गर्छ।

शाहरुख र सलमानले वर्षमा एउटाभन्दा बढी र अक्षय कुमारले कम्तिमा पनि चार फिल्म गर्छन् जबकि सलमान एउटै फिल्मका लागि वर्ष दिनभन्दा धेरै लगाउँछन्।

मार्क वलबर्ग विश्वका सबैभन्दा बढी पैसा कमाउने कलाकार हुन्।

ट्रेड एक्सपर्ट अक्षेय राठी भन्छन्, 'शाहरुख, सलमान र अक्षले व्यवसायको विविधिकरण गरेका छन्। आमिरको त्यस्तो देखिन्न। शाहरुखले फिल्ममा नकमाए पनि केही हुँदैन किनकि उनको भीएफएक्स ल्याबले उनका लागि पर्याप्त आम्दानी गर्छ। सलमानले लुगा, गहना र अरु व्यवसायबाट कमाउँछन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell