PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रिमियर लिग : इन्जुरी टाइमा निर्णायक गोल, इन्जुरी टाइममै रातो कार्ड, म्यानचेष्टर सिटीको जित



पहिलोपोस्ट

प्रिमियर लिग : इन्जुरी टाइमा निर्णायक गोल, इन्जुरी टाइममै रातो कार्ड, म्यानचेष्टर सिटीको जित

इन्जुरी टाइमको सातौँ मिनेटमा रहिम स्टर्लिङले निर्णायक गोल गरेपछि प्रिमियर लिगमा म्यानचेष्टर सीटले एएफसी बर्नमाउथलाई २-१ ले पराजित गरेको छ।

एक गोलले पछि परेको स्थिती उल्टाउदै सिटीले दुई गोल गर्दै ३ अंक जोडेको हो।

विजयी गोल गरेपछि स्टर्लिङ दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदान बाहिरिए। उनले इन्जुरी टाइमको तेस्रो मिनेटमा पहिलो रातो कार्ड पाएका थिए भने ६ मिनेट थप गरिएकव इन्जुरी टाइमको अन्त्यमा गोल गरेको खुशी मनाउन त्दर्शकतिर गएपछि उनलाई रेफ्रीले दोस्रो पहेँलो कार्ड देखाएका हुन्।

त्यसअघि घरेलु मैदानमा चार्लि डानिएल्सले १३औँ मिनेटमा गोल गर्दै बर्नमाउथलाई पहिले अग्रता दिलाएका थिए। तर गाब्रिएल जेससले २१औँ मिनेटमा गोल गरेपछि सिटीले ८ मिनेटपछि नै खेल बराबरी गरेको थियो।

सिजनको दोस्रो जितपछि (३ खेल, २ जित, १ बराबरी) सिटी ७ अंकका साथ अंक तालिकाकव शीर्ष स्थानमा उक्लेको छ। लिग अन्तर्गत शनिबारै ५ खेल हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell