PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

ला लिगा : मेसी पेनाल्टीमा चुके तर २ गोल गर्दै बार्सिलोनालाई जिताए



पहिलोपोस्ट

ला लिगा : मेसी पेनाल्टीमा चुके तर २ गोल गर्दै बार्सिलोनालाई जिताए

पेनाल्टीमा गोल गर्न असफल रहेपनि दोस्रो हाफमा लियोनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले ला लिगामा शनिबार अलाभेजलाई पराजित गरेको छ। अलाभेजको मैदानमा भएको खेलमा बार्सा २-० विजयी भयो।

पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका मेसीले दोस्रो हाफमा १० मिनेटको अन्तरमा २ गोल गरे। ३९औँ मिनेटमा मेसीले प्रहार गरेको पेनाल्टी अलाभेजका किपर फर्नान्डो पाचेसोले सेभ गरेका थिए।

बार्साका लागि मेसीले ५५औँ र ६६औँ मिनेटमा गोल गरे। पहिलो गोल ला लिगामा मेसीले गरेको ३५० औँ गोल हो। ला लिगामा यस्तो सफलता हात पार्ने मेसी पहिलो खेलाडी समेत हुन्। दोस्रो गोल गरेपछि मेसीको ला लिगामा ३५१ गोल पुगेको छ। तर युरोपको टप फाइभ लिगमा मेसी अझै सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छन्। जर्मनीका गर्ड मुलरले वायर्न म्युनिखका लागि ३६५ गोल गरेका छन्। 

लगातार दोस्रो जितपछि ६ अंक जोडेको बार्सिलोना गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ। दुई जित नै हात पारेको रियल सोसिडाड ६ अंकका साथ शीर्ष स्थानमा छ।

गएराती नै भएकव खेलमा एथ्लेटिको मड्रिडले लस पलमसलाई ५-१ ले पराजित गरेको छ। एथ्लेटिकोको जितमा कोकेले दुई तथा एन्जल कोरेअ, यानिक कारास्को र थोमस एक-एक गोल गरे।

यस्तै नवप्रवेशी गिरोनाले मालागालाई १-० ले पराजित गर्दै पहिलो जित हात पारेको छ। गिरोनाका लागि पेड्रो अल्सानाले निर्णायक गोल गरे।

दश खेलाडीको लेभान्टेले डेपोर्टिभा ला कुरानासँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell