PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

नेशनल मेडिकल कलेज सम्बन्धन विवादः चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा



पहिलोपोस्ट

नेशनल मेडिकल कलेज सम्बन्धन विवादः चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौंः नेपाल चिकित्सक संघले आफूसँग भएको सम्झौता विपरित सरकारले नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

संघको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विवादास्पद सम्बन्धन खारेज गर्न सरकारको पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नदेखाएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। 

आन्दोलनका कार्यक्रमहरुः
१. प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री त्रिभुवन विश्व विद्यालय, नेपाल मेडिकल काउन्सिल लगायतका सरोकारवाला निकायहरुलाई ज्ञापन पत्र बुझाउने, 

२. हालको विवादास्पद सम्बन्धनका विषयमा  अनुगमनमा गएका संलग्न चिकित्सकहरुसँग नेपाल चिकित्सक संघको कार्यालयमा विस्तृत छलफल गर्ने 

३. शान्ति र लोकतन्त्रका लागिक पेशागत सञ्जाल (पापड)आबद्ध संघ संस्थाहरुसँग अहिलेको वर्तमान अवस्था र संघले संचालन गर्ने विभिन्न आन्दोलनका सम्बन्धमा विस्तृत छलफल गर्दै आन्दोलनलाई निर्णायक बनाउन पहल गर्ने,

४.  भाद्र १२ गतेबाट अर्को निर्णय नभएसम्मका लागि देशभरका सम्पूर्ण सरकारी, निजी तथा प्राइभेट स्वास्थ्य संस्थामा कालोपट्टि बाँधी नियमित कार्य गर्ने,

५. संघका सम्पूर्ण शाखा कार्यालयहरुले आ–आफ्नो जिल्लामा भेला भई विरोध स्वरुप सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने,  हाम्रो यस आन्दोलनप्रति नर्सिङ, स्वास्थ्यकर्मी, नागरिक समाज, शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड), मानव अधिकार आयोग तथा संघ संगठनहरु, पत्रकार तथा सम्पूर्ण बुद्धिजीविहरुलाई ऐक्यबद्धताको लागि हार्दिक अपिल गर्दछौ। साथै शान्तिपूर्ण तवरबाट संचालन गरिने आन्दोलनलाई बेवास्ता गरेको खण्डमा बन्द लगायतका कार्यक्रमको घोषणा गर्न बाध्य हुने र सोबाट आमसर्वसाधारणहरुमा पर्न जाने असुविधाप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ ।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell