PahiloPost

Jul 3, 2024 | २० असार २०८१

प्रिमियर लिग : आर्सनलको पोष्टमा लिभरपुलको ४ गोल, टोटनहम बराबरीमा रोकियो



पहिलोपोस्ट

प्रिमियर लिग : आर्सनलको पोष्टमा लिभरपुलको ४ गोल, टोटनहम बराबरीमा रोकियो

लिभरपुलले आर्सनललाई ४-० ले पराजित गर्दै प्रिमियर लिगमा दोस्रो जित हासिल गरेकव छ। आइतबार भएको खेलमा लिभरपुलले घरेलु मैदानमा शानदार जित निकालेको हो।

लिभरपुलको जितमा रोबर्टो फिर्मिन्हो, साडियो माने, मोहम्मद सलाह र ड्यानिएल स्टुरिजले गोल गरे।

लिभरपुलले ३ खेलमा अपराजित रहदै दोस्रो जित हात पार्दा लण्डन क्लब आर्सनलको भने यो लगाता दोस्रो पराजय हो। पहिलो खेलमा लेस्टरलाई पराजित गरेको आर्सनल त्यसयता स्टोकसँग हारेको थियो।

यता वाटफोर्डसँग बराबरी खेल्दै लिगको शुरुवात गरेको लिरपुलले अर्को खेलमा क्रिस्टल प्यालेसलाई हराएको थियो।

३ खेलबाट ७ अंक जोडेको लिभरपुल गोफल अन्तरमा म्यानचेष्टर सिटीलाई पछि पार्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ।

यता अर्को लण्डन क्लब टोटनहम हट्सपर अन्तिम समयमा सम्हालिन नसक्दा बर्नलेसँग १-१ गोलको बराबरीमा रोकियो। क्रिस उडले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै बर्नलेलाई अंक दिलाए।

त्यसअघि डेले अलीले ४९औँ मिनेटमा गोल गर्दै टोटनहमलाई पहिले अग्रता दिलाएका थिए।

तेस्रो चरणको खेल समाप्तीपछि शतप्रतिशत जित निकाल्दै ९ अंक जोडेको म्यानचेष्टर युनाइटेड शीर्ष स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell