काठमाडौं: अभिनेता राजेश हमालले सर्लाहीका बाढी र डुवान पिडितलाई राहत वितरण गरेका छन्। उनले सर्लाहीको सकरौल, शिवनगर, बिनगर्राका पिडितलाई राहत वितरण गरेका हुन्।
समाचार सञ्चार माध्यममा खाद्यन्न र लत्ताकपडाको खबर प्रकाशित भएपछि राजेश हमाल स्वयंम राहत लिएर गएका हुन्। उनीसँगै सामाजिक अभियन्ता नविन यादव र सहयोगी राम ठाकुर पनि रहेका थिए।
हमालले करिब १ सय ५० घर परिवारलाई राहत वितरण गरेको जानकारी दिइएको छ। उनले प्रति परिवार २० किलो चामल, ५ किलो दाल, १ लिटर तेल, चाउचाउ र वृद्धवृद्धालाई ओढ्ने वितरण गरेका हुन्।