PahiloPost

Oct 1, 2024 | १५ असोज २०८१

परराष्ट्रमन्त्रीसँग पाकिस्तानी राजदूतको भेट, हवाई मार्ग पुनः संचालन गर्नेबारे कुराकानी



पहिलोपोस्ट

परराष्ट्रमन्त्रीसँग पाकिस्तानी राजदूतको भेट, हवाई मार्ग पुनः संचालन गर्नेबारे कुराकानी

काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले शिष्टाचार भेट गरेका छन्। 

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा छलफल भएको छ। भेटमा परराष्ट्रमन्त्री महराले दुई देशबीचको हवाई मार्ग जोडिनुपर्ने उल्लेख गर्दै त्यसका लागि दुवै पक्षले पहल गर्नुपर्ने बताए । 

द्विपक्षीय परामर्श संयन्त्रमार्फत आपसी सहयोग र सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने भन्दै महराले संयन्त्रको वैठकलाई नियमितता दिनुपर्ने बताए। महराले दक्षिण एसियाली मुलुक पाकिस्तानसँग सधैं सुमधुर सम्बन्ध रही आएको भन्दै यसलाई अझ उचाईमा पुर्याउनुपर्ने बताए। 

राजदूत जावेदले पाकिस्तान–नेपालबीचको हवाई मार्ग सञ्चालनमा ल्याउने विषयलाई आफ्नो सरकारसमक्ष प्राथमिकतासाथ राख्ने बताए। उनले आपसी सहयोग र द्विपक्षीय हितका विषयलाई अझ सबल बनाउँदै लैजानुपर्नेमा जोड दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell