PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

नागासाकी हमलामा बाँचेका हुलाकीको ८८ वर्षको उमेरमा निधन



रासस

नागासाकी हमलामा बाँचेका हुलाकीको ८८ वर्षको उमेरमा निधन
फोटो श्रोतः theguardian.com

टोकियो :  दोस्रो विश्वयुद्धको क्रममा जापानको नागासाकीमा भएको हमलामा परी घाइते भएका सुमितेरु तानिगुचीको ८८ वर्षको उमेरमा बुधबार निधन भएको छ।  

त्यस समयमा उनी हुलाकी थिए। त्यस समयमा १६ बर्षका मात्र रहेका उनले बम हमला भएको समयमा पनि खबर पुर्याउने आफ्नो जिम्मेवारी पूरा गरेका बताइएको थियो। 

उनी एटम बमको आक्रमणमा परेका थिए। शरीरको देब्रे भाग जलेको र पछि उपचारपछि बाँचेका उनले पछि पनि आफ्नो सोही पेशामा रहेर काम गरेका थिए। 

सन् १९४५ को अगष्ट ९ का दिन बिहान जापानी नगर नागासाकीमा अमेरिकालेबम हानेको थियो। त्यसको तीन दिनमात्र अघि जापानको हिरोसिमामा जापानले अर्को शक्तिशाली बम हानेको थियो। 

जापानको दक्षिणपश्चिमी एक अस्पतालमा उपचार गराइरहेका उनको क्यान्सरका कारण निधन भएको हो। 

पछि उनी जापानमा आणविक बम विरुद्धमा चेतना जगाउने काममा काम गरेका थिए। उनलाई एटमिक बमको हानीकाविरुद्ध तथा शान्तिका लागि सञ्चालित अभियानका एक सशक्त अभियन्ताको रुपमा लिने गरिन्थ्यो। 

सोही कारण सुमितेरुलाई एक समयमा नोवेल शान्ति पुरस्कारको दाबेबारका रुपमा पनि निकै प्रचार गरिएको थियो। तर उनलाई सो पुरस्कार भने प्राप्त हुन सकेन। 

बम लागेपछि पनि उनी त्यहाँबाट करिब १.८ किलोमिटर परसम्म पुगेर साइकल चढेर पुगेका थिए। त्यसपछि अचेत भइ भूईमा लडेका उनलाई अस्पताल पुर्याइएको थियो। 

सन् २०१५ मा आयोजना गरिएको नागासाकी हमलाको बारेमा जानकारी दिन आयोजना गरिएको एक समारोहमा आफ्नो अनुभव उनले यसरी सुनाएका थिए ‘पछिबाट निकै तातो र कडा खालको धुवाँको मुस्लो आएको देखें र यो के होला भन्दाभन्दै मलाई नै त्यो मुस्लोले डढायो।’ 

हिरोसिमा र नागासाकीमा भएको हमलामा परी साढे तीन लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell