PahiloPost

Jun 24, 2024 | ११ असार २०८१

भारतीय ट्रकको ठक्करबाट बुटवालमा मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

भारतीय ट्रकको ठक्करबाट बुटवालमा मोटरसाइकल चालकको मृत्यु

रुपन्देहीः बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बा ४६ प ६३८५ नम्बरको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको एमएच ०४ इबि ५३७६ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार पाल्पा तानसेन नगरपालिका वडा ६ का  रुकबहादुर शारुको घटनास्थलमै मृत्यु भएको हो।

शव पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ। ट्रक चालक फरार छन्। ट्रकलाई नियन्त्रणमा लिइएको पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell