PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

मेक्सिको विश्वकपमा छनोट



पहिलोपोस्ट

मेक्सिको विश्वकपमा छनोट

मेक्सिको अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ। गएराती भएको कोनकाकाफ क्षेत्रको अन्तिम चरण छनोट खेलमा पनामालाई १-० ले पराजित गर्दै मेक्सिकोले ३ खेल अघि नै विश्वकप यात्रा तय गरेको हो।

मेक्सिकोलाई जित दिलाउन हिर्भिङ लोजानोले निर्णायक गोल गरेका थिए।

६ राष्ट्र सम्मिलित अन्तिम चरणको छनोटमा ७ खेल खेल्दा मेक्सिको १७ अंकका साथ शीर्षस्थानमा छ। यस क्षेत्रबाट ३ टिम विश्वकपमा सिधै छानिनेछन्। त्यसैले मेक्सिको अब बाँकी खेलमा हारे पनि तेस्रो स्थानमा रहनेछ।

मेक्सिको विश्वकपमा छनोट हुने पाँचौ राष्ट्र हो। यसअघि नै आयोजक रसियासँगै ब्राजिल, इरान र जापान विश्वकपमा छनोट भइसकेका छन्।

यस्तै, अमेरिकालाई २-० ले पराजित गर्दै कोस्टारिका पनि छनोट नजिक पुगेको छ। कोस्टारिकालाई जित दिलाउन दुवै गोल मार्कोस उरेनाले गरे।

जितपछि कोस्टारिकाको ७ खेलबाट १४ अंकसहित दोस्रो स्थानमा छ। ८ अंक रहेको अमेरिका तेस्रो स्थानमा छ।

होण्डुरोसले ट्रिनिडाड एण्ड टवबागोलाई २-१ ले पराजित गर्दै अमेरिकासँग समान ८ अंक जोडेको छ। तर गोलअन्तरमा चौथो स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell