वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्र टेक्सासको दोस्रो पटक भ्रमण गरेका छन्।
बाढीपीडितलाई पर्याप्त ध्यान नदिएको भन्दै आलोचना भएपछि उनले श्रीमती मेलानिआसहित प्रभावित क्षेत्रको भ्रमण गरेका हुन्।
उनले राहत केन्द्रमा पुगेर राहतका लागि भइरहेको प्रयासका बारेमा सोधीखोजी गरेका सरकारी अधिकारीहरुले जनाएका छन्। उनले बाढी प्रभावितलाई सहयोग गर्न विश्वसमुदायलाई आह्वान पनि गरेका छन्
बाढीले टेक्सास राज्यको हयुस्टनको जनजीवन अस्तव्यस्त बनेको हो। राष्ट्रपति ट्रम्पले यसअघि बाढी आएको केही घण्टामै प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए।
बाढीका कारण सडकमा रहेका सवारीसाधनसमेत डुबानमा परेका थिए। बाढीका कारण दर्जनभन्दा बढीको मृत्यु भएको थियो भने सयौँ घाइते र हजारौं विस्थापित भएका छन्। रासस/सिन्ह्वा