PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

विश्वकप छनोट : फ्रान्स १३६औँ वरीयताको टिमसँग बराबरीमा रोकियो, नेदरल्याण्ड्स र स्वीडेन विजयी



पहिलोपोस्ट

विश्वकप छनोट : फ्रान्स १३६औँ वरीयताको टिमसँग बराबरीमा रोकियो, नेदरल्याण्ड्स र स्वीडेन विजयी

स्टार खेलाडीहरु रहेको फ्रान्स विश्वकप छनोटको खेलमा १३६औँ वरीयताको टिम लक्जेमजर्गसँग बराबरी रोकिएको छ। अर्को वर्ष हुने विश्वकपकव युरोपेली छनोटअन्तर्गत समूह ए को खेलमा फ्रान्स गोलरहित बराबरीमा रोकिएको हो।

यसै समूहको अन्य खेलमा स्वीडेन र नेदरल्याण्ड्स विजयी भएका छन्। स्वीडेनले बेलारुसलाई ४-० ले हरायो भने नेदरल्याण्ड्सले बुल्गेरियालाई ३-१ ले पराजित गर्‍यो।

फ्रान्सको बराबरीको फाइदा उठाउँदै जित निकालेका दुवै टोलीको विश्वकप छनोट यात्रा भने कायमै रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell