PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कांग्रेस नेता यादवको दाबीः दुई नम्बरमा १०६ स्थानमा जित सुनिश्चित



रासस

कांग्रेस नेता यादवको दाबीः दुई नम्बरमा १०६ स्थानमा जित सुनिश्चित

काठमाडौं :  विभिन्न राजनीतिक दलका नेताले स्थानीय तहको असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने जिकिर गरेका छन्। 

रिपोर्टर्स क्लबको साक्षात्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले ‘मधेसी जनताको भावना बुझ्ने पार्टी कांग्रेस भएकाले’ कांग्रेसले धेरै तहमा निर्वाचन जित्ने दाबी गरे।

‘कांग्रेसले तराईमा राम्रा व्यक्तिलाई टिकट दिएको छ, १०६ स्थानमा जित हासिल गर्छौं।’ उनले १३६ स्थानीय तहमध्ये ११५ स्थानीय तहको उम्मेदवार टुंगिसकेकाले अरु उम्मेदवार पनि आजै टुंगो लगाउने बताए।  

नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेयले स्थानीय तहको दुई चरणमा भएको निर्वाचनमा पहिलो पार्टी एमाले भएजस्तै तेस्रो चरणको निर्वाचनमा पनि पार्टीले बहुमत हासिल गर्ने बताए। उनले एमालेले मुलुकको हितमा काम गर्ने जुनसुकै दलसँग पनि तालमेल गर्ने स्पष्ट पारे। 

नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले तराईका अधिकांश स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवार विजयी हुने दाबी गरे।

उनले आफ्नो राम्रो भएको क्षेत्रमा एक्लै लड्ने र नभएको स्थानमा नेपाली कांग्रेस र मधेसी दलसँग सहकार्य गर्ने स्पष्ट पारे। 

राजपाका नेता केशव झाले प्रदेश नं २ मधेसी दलको क्षेत्र भएकाले ९० स्थानमा राजपाले जित हासिल गर्ने जिकिर गरे। उनले स्थानीय नेताको आवश्यकतानुसार कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र माओवादी केन्द्रसँग सहकार्य हुने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell